आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

संसदमा प्रधानमन्त्रीको लाचारी : मैले नगर्नु भन्ने निर्देशन दिँदा पनि साना आयोजना बजेटमा परे 

समाज खबर संवाददाता |


 काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफूले निर्देशन दिएको भएपनि साना आयोजना बजेटमा परेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । 
 उनले प्रधानमन्त्रीसंग प्रश्नोत्तर का र्यक्रममा यस्तो गुनासो गरेका हुन् । उनले साना आयोजना संघले नहेर्ने प्रतिबद्धता पनि जनाए । 

‘माननीय मन्त्रीजीहरुले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको (निर्देशिका), प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो … ’ उनले अगाडि भने, ‘भन्दा भन्दै पनि साना आयोजाना राखिएको छ ।’जे भएको छ, ठीक भएको छ भन्ने पक्षमा आफू नभएको भन्दै उनले परिर्माजन आवश्यक रहेको बताए । उनले अगाडि भने, ‘प्रयास जारी छ, साना आयोजनाहरु संघले कार्यान्वयन गर्दैन, प्रदेश र स्थानीय तहलाई कार्यान्वयन गर्न दिने व्यवस्था गरिन्छ ।’आँफूले संसदमा बोल्ने समयमा सबै सांसदहरुको उपस्थिति नभएकोमा पनि उनले गुनासो गरे । 

प्रतिकृया दिनुहोस