आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

जिबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

समाज खबर संवाददाता |

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् । भरतपुरमा पत्रकारहरुसंग कुरा गर्दे लामिछानेले राई मलेसियामा रहेको सूचना प्राप्त भएको र त्यहाँको गृहमन्त्रीसंग आफ्नो कुरा भएको जानकारी दिए । 
 जिवी राई पक्राउ गर्नं आलटाल गरेको भन्दै गृहमन्त्री लामिछानेकै चर्को आलोचना भएको छ । अरबौ रकम अपचलनको मुद्धा खेपेका राई लामो समयदेखि फरार छन् । जिवी गोर्खा मिडियाको अध्यक्ष हुँदा लामिछाने प्रबन्ध निर्देशक थिए । 

प्रतिकृया दिनुहोस