आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

अमरेशको आक्रोश : बालेनको घर अगाडि कवाडी थुपारौं

समाज खबर संवाददाता |

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरूलाई फोहोर काठमाडौं महानगरको कार्यालय र मेयर बालेन साहको घरअघि थुपार्न आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले महानगरका मेयरले केही समयअगाडि सडक विभागमा फोहोर थुपारेको भन्दै उनले कवाडी व्यवसायीलाई महानगर र मेयरको घरअगाडि फोहोर थुपार्न आग्रह गरेका हुन् ।

मधेशको मान्छे देख्नेबितिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य नभएको सिंहले बताएउ । उनले कवाडी व्यवसायीको आन्दोलनमाथिको दमनलाई आफूले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरे ।

उनले भने, ‘बालेनजी, यहीँको मेयरले सिकाएको छ, काम भएन भने त्यही फोहोर थुपार्ने हो। उहाँले नै सडक विभागअघि फोहोर थुपारेको छ । तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन साहको घरअगाडि थुपारौं, त्यसका लागि हामी साथमा छौं।’

अदालतबाट आदेश जारी भएपनि कवाड व्यवसायलाई हटाउने कामको विरोध गदै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपप्रति आक्रोश व्यक्त गरे। उनले काठमाडौंमा रण मैदानको रुपमा हेर्न खोजेको हो भन्दै प्रश्न गरे । काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरुले काठमाडौंमा मंगलबार विरोध प्रदर्शन गरेका थिए।

प्रतिकृया दिनुहोस