आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

बंगलादेशसंग हारेसंगै नेपालले जितविहीन हुँदै टुँगायो बिश्वकप यात्रा

समाज खबर संवाददाता |

आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश विरुद्ध पराजित भएको छ । नेपाल बंगलादेशविरुद्ध २१ रनले पराजित भएको हो ।बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश भने सुपर एटमा प्रवेश गरेको छ ।नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए। मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेटट लिए।जितसँगै बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ‘एट’मा पुगेको छ। बंगलादेशले श्रीलंकालाई दुई विकेट र नेदरल्यान्ड्सलाई २५ रनले पराजित गर्‍यो। दक्षिण अफ्रिकासँग भने चार रनले पराजित भयो। नेदरल्यान्ड्ससँग नेपाल ६ विकेट र दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो। श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो। यही एक अंकसहित नेपालले विश्वकप अन्त्य गरेको छ।

प्रतिकृया दिनुहोस