आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

अन्तिम ओभरमा सम्हालिन नसक्दा दक्षिण अफ्रिकासंग १ रनले हार्यो नेपाल

समाज खबर संवाददाता |

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको छ । सेन्ट भिन्सेन्टको आर्नोस भाले क्रिकेट रंगशालामा शनिबार बिहान भएको खेलमा  दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै, अनिल साहले २७ रनको योगदान दिए । २७ बलको सामना गरेका साहले ३ चौका र १ छक्का प्रहार गरे । यस्तै, ओपनर कुशल भुर्तेलले १३ रन जोडे । २१ बलको सामना गरेका भुर्तेलले १ चौका र १ छक्का हिर्काए । कप्तान रोहित पौडेल भने शून्य रनमै पभेलियन फर्किएका थिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेन्ज सम्सीले ४, कप्तान एडेन काइल मार्कराम र एनरिक नार्टजेले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा ११५ रनको योगफल तयार पारेको थियो ।

प्रतिकृया दिनुहोस