आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

अमेरिका, कम्बोडिया पठाइदिने भन्दै करोडौं ठगी, ३ जना पक्राउ

समाज खबर संवाददाता |

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन विक र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त रहेका छन्।अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरूलाई सार्वजनिक गरेको हो।उनीहरुले अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड पठाइदिने भन्दै सर्वसाधारणसंग रकम उठाएर ठगी गरेका थिए । पछिल्लो समय नेपालमा बैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने क्रम बढेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस