आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

दिपक मनाङ्गेको छलाङ : छैटौं पटक गण्डकी प्रदेश मन्त्री बन्न सफल

समाज खबर संवाददाता |

पोखरा  ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । मंगलबार नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)ले शपथ लिएका हुन् ।उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् ।देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् ।एक सिटको पनि बहुमतका लागि धेरै मूल्य भएपछि मनाङेले सरकार परिवर्तन पिच्छे मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन्  ।  यस पटक गरि उनी छैटौं पटक प्रदेश मन्त्री बन्न सफल भएका हुन् । 
 । 

प्रतिकृया दिनुहोस