आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

राजदूत फिर्ता बोलाउँदा ध्यान पुगेन : प्रचण्ड

समाज खबर संवाददाता |

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्केका छन् । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए ।  प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे ।  सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । यसैबीच सरकारले राजदूतहरु फिर्ता बोलाउने निर्णय गर्दा ध्यान पुग्न नसकेको प्रचण्डले स्वीकार गरेका छन् , 
 स्वदेश फर्किएपछि बिमानस्थलमा उन्ले यस्तो बताएका हुन् । प्रचण्ड भारत भ्रमणमा जानै लाग्दा भारत सहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको थियो ।     

प्रतिकृया दिनुहोस