आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

प्रधानमन्त्री दाहाल आज भारत जाँदै, प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुने

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी राष्ट्र भारत प्रस्थान गर्दैछन् । आइतबार भारतमा हुने नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको  परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। 
 प्रधानमन्त्री प्रचण्डको साथमा उनका छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहने बताइएको छ । प्रधानमन्त्री  १० जुनमा नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको   छ ।

प्रतिकृया दिनुहोस