क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज
समाज खबर संवाददाता |
काठमाडौं– बलात्कार अभियोगमा काठमाडौं जिल्ला अदालतबाट जबर्जस्ती करणीमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो ।
गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो । आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो
यसअघि पटक पटक सुनुवाइका लागि पेसी तोकिएता यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो।
।
प्रतिकृया दिनुहोस