आज : Friday, November 08, 2024 | २०८१ कार्तिक २३ शुक्रबार

आज लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदै

समाज खबर संवाददाता |

काठमाडौँ । कात्तिक कृष्ण औसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर बिहीबार दीपावलीसहित लक्ष्मीपूजा मनाइँदै छ । घरको अट्टालिका, बुइँगल, कोठाचोटालगायतका कुनाकाप्चाका फोहोर हटाई लिपपोत गरेर शुद्धताका साथ लक्ष्मीको आराधना गरिन्छ । विशालबजारको लक्ष्मी मन्दिरलगायतका लक्ष्मी मन्दिरमा यो दिन भक्तजनको मेला लाग्छ । तराईमा काली चौदशको नाममा यो दिन महाकालीको पूजा गरिन्छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय  भनाइ छ ।आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

 

 

प्रतिकृया दिनुहोस