आज : Friday, November 01, 2024 | २०८१ कार्तिक १६ शुक्रबार

संघीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची

समाज खबर संवाददाता |

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेश हुँदैछ । संघीय संसद्का दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 सरकारको सिफारिसमा राष्ट्रपतिले  नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई बुझाए पछि राष्ट्रपतिले सदनको संयुक्त बैठकमा वाचन गर्नेछन् ।
यता, भने कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएका छ । 

प्रतिकृया दिनुहोस