कांग्रेसले रवि लामिछानेलाई दलका नेताका रुपमा संसदमा बोल्न दिने
समाज खबर संवाददाता |
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।
बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय गदै सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने बैठकले निर्णय गरेको छ ।
आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।
प्रतिकृया दिनुहोस