आज : Saturday, July 27, 2024 | २०८१ श्रावण १२ शनिबार

आज पनि मेघगर्जन र चट्याङसहित वर्षा, पूर्वानुमान महाशाखा

समाज खबर संवाददाता |

काठमाडौं । पश्चिमी  वायुको आंशिक प्रभाव रहँदा बुधबार बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

यस्तै गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

प्रतिकृया दिनुहोस