आज : Saturday, July 27, 2024 | २०८१ श्रावण १२ शनिबार

मादी-लिपेयनीको फार्मका तीनसय बाख्रा मरे, डेढ करोड क्षति

समाज खबर संवाददाता |

कास्की । कास्की जिल्लाको  मादीस्थित  स्पाइन स्मृति मल्टिप्रपोज एग्रो फार्मका करिब तीनसय बाख्रा मरेका छन् । 
घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र र्याल काट्न थालेपछि बाख्रा एकाएक झोक्राउँदै मर्न थालेका फार्म सञ्चालक नारायण बरालले जानकारी दिए । बरालका अनुसार दुई सय ८० बाख्रामा तीन वटा मात्र बाख्रा जिउँदा छन् । एक डेढ महिनाको अन्तरालमा यसरी बाख्रा मरेका हुन् । पशु चिकित्सक ल्याएर जाँच गर्दा क्रोनिक निमोनिया पत्ता लागेको  बताए ।

पशु चिकित्सकलाई सम्पर्क गरेपछि बाख्राको घाटीमा इन्जेक्सन लगाए पनि सुधार भएन ।  २०७४ बाट करिब ५ करोडको लागतमा फार्म सञ्चालन गरेका बरालले ठूलो संख्यामा बाख्रा मर्दा डेढ करोड क्षति भएको बताए ।

प्रतिकृया दिनुहोस