आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

समाज खबर संवाददाता |


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ५६, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २२०, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा ४००, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १६० रुपैयाँ र हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै, कुरिलो प्रतिकेजी ४०० रुपैयाँ, लप्सी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, मटरकोसा ३२०, भारतीय प्याज सुकेको ७५, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याउ ११०, तने बोडी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
समितिका अनुसार केरा दर्जनको १५० रुपैयाँ, सरिफा २००, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, अनार ४२०, नासपाती ९०, एभोकाडो २५०, कालो अंगुर ४००, किवी ३००, रहेको समितिले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस