नेपालकै पहिलो ग्वार्को फ्लाई ओभर आजदेखि सन्चालनमा आउँदै, प्रधानमन्त्रीले उद्घाटन गर्दै
समाज खबर संवाददाता |

काठमाण्डौ । नेपालमै पहिलो पटक निर्माण गरिएको ग्वार्को फ्लाई ओभरको आज उद्घाटन गरिदै छ । फ्लाई ओभरको आज दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । निर्माण सम्पन्न भएपछि आजै फ्लाई ओभर संचालनमा आउने छ । उक्त फ्लाई ओभरको केहि दिन अघि प्रतिनिधि सभाको पुर्वाधार बिकास समितिका सदस्यहरुले अनुगमन गरेका थिए । फ्लाई ओभरले यस क्षेत्रमा एक एक घण्टा सम्म जाम हुने अबस्थाको अन्त्य हुने बिश्वास लिइएको छ । यस्ले फ्लाई ओभर अरु ठाँऊका लागि पनि नमूना बन्न सक्ने बताइएको छ । २०७८ फागुनमा २ बर्षभित्र सक्ने गरि ठेक्का लागेपनि पटक पटक समय थप हुँदै आएको थियो । यो फ्लाई ओभर आशिष समानान्तर रेलिगरे जेभीले निर्माण गरेको हो ।
प्रतिकृया दिनुहोस