पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु न्यायपरिषद् तानिए
समाज खबर संवाददाता |

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन् ।बिहीबार बसेको न्याय परिषद्को बैठकले आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्मा तानेको हो ।उनीहरुविरुद्ध न्याय परिषदमा उजुरी पनि परेको छ । त्यस्तै केही दिनअघि न्यायाधीश थारुमाथि कालोमोसोसमेत दलिएको थियो ।आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेकोमा उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि उनीहरुको आलोचना हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस