आज : Tuesday, July 01, 2025 | २०८२ असार १७ मंगलबार

द्धन्द्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षा संवेदनशीलतामा ध्यान दिन सरकारसंग राप्रपाको माग ( बिज्ञप्ति सहित)

समाज खबर संवाददाता |

राष्ट्रिय प्रजातन्त्र पार्टीले इजरायल लगायतका खाडी मुलुकहरुमा रहेका नेपाली नागरिकहरुको सुरक्षा संवेदनशीलतालाई ध्यान दिन आबश्यक ब्यवस्था मिलाउन सरकार संग माग गरेको छ । राप्रपा प्रवास बिभाग प्रमुख एव केन्द्रीय सदस्य आनन्द   अधिकारीले बिज्ञप्ति जारी गरि करिव ६० लाख नेपाली देश बाहिर रहेको र खाडी मुलुकमा मात्रै १० औं लाख नेपाली रहेको अबस्थामा आफ्ना नागरिकको सुरक्षा सरकारको प्रथम कर्तब्य भएको तर्फ ध्यानाकर्षण गराएका छन् । बिज्ञप्तिमा द्धन्द्धबाट  प्रभावित क्षेत्रमा रहनुहुने सबै नेपालीले सम्बन्धित क्षेत्रमा स्थानीय मुलुकले निर्धारण गरेको सुरक्षा मापदण्ड पालना गर्न र स्थानीय राजदूतावास वा नियोगहरुको सम्पर्कमा रहि सुरक्षित रहन पनि आग्रह गरिएको छ । 

प्रतिकृया दिनुहोस