आज : Wednesday, July 02, 2025 | २०८२ असार १८ बुधबार

प्रतिनिधिसभामा विपक्षीको अबरोधवीच गृहमन्त्रीले भने : भिजिट भिसामा मेरो कुनै संलग्नता छैन

समाज खबर संवाददाता |

 काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलहरु राप्रपा र रास्वपाका सांसदहरुको नारावाजीबीच गृहमन्त्री रमेश लेखकले  आँफूमाथि लागेका आरोपको प्रष्टीकरण दिएका छन् ।  गृहमन्त्री  लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे । ‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन ।मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु,’ उनले भने ।'संवैधानिक निकायले छानबिन गरिरेहको अवस्थामा कुनै सरकारसँग जोडेर जवाफ दिने हो भने कतिपय माननीयसँग जोड्ने हो भने र जवाफ दिने हो भने हिजोका दिन मन्त्रीहरु पदासिन हुँदा भ्रष्टाचारमा कतिले जवाफ दिएको र यसको जवाफ दिने तागत विपक्षीलाई छ,' प्रश्न गर्दै उनले भने ।  गृहमन्त्री लेखकले बोल्दैगर्दा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।

प्रतिकृया दिनुहोस