मदन आश्रित स्मृति दिवस आज, घटना अझै रहस्यमय
समाज खबर संवाददाता |

काठमाडौं– तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रितको सम्झनामा आज नेकपाले मदन आश्रितको स्मृति गर्दे छ ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका नेतालाई नेकपा एमालेले आर्दश मान्दै आएको छ ।
तत्कालीन नेकपाले यो दुर्घटना नभएर हत्या भएको बताँउदै आएको थियो । एमाले नेता एवं बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संयोजकत्वको समितिले ‘रहस्यमय हत्या’ भनेपनि अmझै सम्म छानबिन हुन सकेको छैन ।
रहस्यमय रुपमा भएको यो दुर्घटनाको ३२ वर्ष पुगेको छ तर, अझै यसको कारण पत्ता लागेको छैन । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो । तर न दुर्घटनाको रहस्य पत्ता लाग्यो न दुर्घटनास्थल दासढुङ्गा र शव प्राप्त भएको तत्कालीन गुन्जनगर गाविसको गाँजीपुरको विकास नै हुनसक्यो ।
प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ ।
स्व भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको नेकपा एमालेका नेताहरुले बताँउदै आएका छन् ।
उक्त जिपका चालक अमर लामाको पनि केहि बर्ष अघि गोली हानी हत्या भैसकेको छ ।
प्रतिकृया दिनुहोस