आज : Wednesday, July 02, 2025 | २०८२ असार १८ बुधबार

शिक्षामन्त्री पन्तले भने :वार्ताबाट शिक्षकको समस्या समाधान गर्छु

समाज खबर संवाददाता |

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरुको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।शिक्षामन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षकहरुलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्ने बताए।उनले भने, अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको  छु। वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ।’बिद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि पन्तले जिम्मेवारी सम्हालेका हुन् । 

प्रतिकृया दिनुहोस