आज : Friday, May 09, 2025 | २०८२ बैशाख २६ शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा ६ हजार ९ सय बृद्धि

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ ।सोमबार तोलामा एक लाख९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस