आज : Saturday, April 19, 2025 | २०८२ बैशाख ६ शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख ९० हजार बढी

समाज खबर संवाददाता |

काठमाडौं । लगातार बढिरहेको पहेंलो धातु सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।  नेपाली बजारमा सुनको मूल्य तोलामै १ लाख ९० हजार रुपैयाँ नाघेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।आज सुनको मूल्य बुधबारको तुलनामा ३ हजार ६ सय रुपैयाँले बढेको हो ।यस्तै, चाँदीको मूल्य बिहीबार भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस