नेपाल बारमा कांग्रेस- एमाले गठबन्धन बिजयी, अध्यक्षमा डा मिश्र ( सूची सहित)
समाज खबर संवाददाता |

काठमाडौँ । नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतकासाथ विजयी भएका छन् ।कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मिश्र भारी मतान्तरका साथ विजयी भएका हुन् । अध्यक्षमा मिश्र २ हजार ४३१ मतले विजयी भएका हुन् ।निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँदा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् । यस्तै महासचिवमा वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ ।कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।
प्रतिकृया दिनुहोस