रौतहट र सर्लाहीमा अबैधानिक रुपमा अस्पताल सञ्चालन,१२ बटालाई सञ्चालनमा रोक
समाज खबर संवाददाता |

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको नेतृत्वमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले शनिबार साँझ रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनमा गरेको १३ वटा निजी अस्पताल अनुगमनमा १२ वटा अनाधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले कानुनसम्मत ढङ्गले सञ्चालनमा नरहेका ती १२ वटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
रौतहट र सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर तथा हरिवनमा गरिएको १३ वटा निजी अस्पताल अनुगमनमा एकमात्र चन्द्रपुरस्थित अस्पताल चन्द्रपुर हस्पिटल प्रालिले सेवा सञ्चालन अनुमति लिएको पाइएको प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश मिश्रले बताए । सो अस्पतालसँग चिकित्सक तथा कर्मचारीलाई दिइने करकट्टासहितको तलब विवरण माग गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस