आज : Wednesday, March 12, 2025 | २०८१ फाल्गुण २८ बुधबार

बाल संगठनको जग्गा अनियमिततामा मानव अधिकार आयोगको चासो, मगायो अनुसन्धान प्रतिवेदन

समाज खबर संवाददाता |

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको जानकारी दिए ।

आयोगले बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निजउपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेपछि उक्त अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस