आज : Thursday, January 30, 2025 | २०८१ माघ १७ बिहीबार

अभिब्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने बिधेयक अस्वीकार्य : महामन्त्री शर्मा 

समाज खबर संवाददाता |

काठमाण्डौं । सरकारले ल्याएको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी बिधेयकका बिषयमा चौतर्फी प्रश्न उठेपछि नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले मुख खोलेक छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले प्रवक्ता हुँदा बोकेको दृष्टि महामन्त्री हुँदा बदलिँदैन भन्दै सामाजिक सञ्जाल मर्यादित बनाउन सर्वपक्षिय संवाद जरुरी रहेको पनि उल्लेख गरेका छन् । यस अघि २०७७ फागुन ३ गते प्रवक्ताको हैसियतमा बिश्वप्रकाश शर्माले जारी गरेको बिज्ञप्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल भएपछि तत्कालीन प्रवक्ता हालका महामन्त्री बिश्वप्रकाश शर्माले मुख खोलेका हुन् । 

प्रतिकृया दिनुहोस