आज : Tuesday, January 21, 2025 | २०८१ माघ ८ मंगलबार

जिल्ला अदालत काठमाण्डौंमा उपस्थित भए रवि 

समाज खबर संवाददाता |

 काठमाण्डौं । पोखराको सूर्यदर्शन सहकारीबाट रकम ठगी गरेको अभियोगमा जिल्ला अदालत पोखराबाट रिहा भएका रास्वपा सभापति एव पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाण्डौंमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई गत बिहीवार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।रवि प्रतिवादी भएको मुद्धामा आजै थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने कागज गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो ।

प्रतिकृया दिनुहोस