आज : Tuesday, January 07, 2025 | २०८१ पौष २३ मंगलबार

लोकतन्त्रका नाममा पार्टी भित्र गुटबन्दी गरेर भाँडभैलो स्वीकार्य छैन :ओली

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन् ।आजदेखि  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको बताएका हुन् ।अध्यक्ष ओलीले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न निर्देशन दिए ।उनले भने, ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ।’उनले अब पार्टीमा गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ। लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन।’

प्रतिकृया दिनुहोस