आज : Sunday, December 22, 2024 | २०८१ पौष ७ आइतबार

जनकपुर बोल्ट्सले चुम्यो उपाधि 

समाज खबर संवाददाता |

काठमाण्डौं । टियू क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग एनपीएलको पहिलो उपाधि जनकपुर बोल्ट्सले चुमुको छ । 
 टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले ९ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । 
 एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुृरले १९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । जनकपुरका लागि लाहिरु मालिन्थाले आक्रामक ब्याटिङ गर्दे ८७ रन बनाएका थिए । सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।यस  प्रतियोगितामा ८ टीम सहभागि थिए ।  उपाधि जितेको टीमले १ करोड  रुपैया भन्दा बढीको पुरस्कार पाउने छ ।  आजको फाइनल खेल हेर्न टियू क्रिकेट  मैदानमा दर्शकको ठूलो संख्यामा उपस्थिति थियो । 

प्रतिकृया दिनुहोस