रिहा भएपछि दुर्गा प्रर्साइले भने: तस्कर बिरुद्धको लडाँई जारी छ
समाज खबर संवाददाता |
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिए लगत्तै उनी रिहा भएका छन् । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । साइबर अपराधको मुद्दामा अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।रिहा भएपछि संचारकर्मीहरुसंग कुरा गर्दे उनले आँफूले हार नमानेको र तस्करहरु बिरुद्धको लडाइँ जारी रहने उद्घोष गरे ।
तर धरौटी बुझाएपनि उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो । प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अपवाह फैलाएपछि प्रसाई पक्राउ परेका थिए । तर अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा प्रसाईं फेरि पक्राउ परेका थिए ।
प्रतिकृया दिनुहोस