आज : Sunday, December 22, 2024 | २०८१ पौष ७ आइतबार

दोस्रो सुर्यतारा खेल महोत्सव पोखराको भन्डारढिकमा आगामी फाल्गुण २४ गते देखि

समाज खबर संवाददाता |

 

 

 पोखरा । समृद्ध समाज, हाम्रो परिकल्पना भन्ने मुख्य उद्देश्य लिएर स्थापना भएको गण्डकी प्रदेश स्तरीय क्लब सुर्यतारा क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा खेल महोत्सव २०८१ हुने भएको  छ। खेल पोखरा २९ भन्डारढिकमा रहेको प्रस्तावित रंगशालामा आगामी फाल्गुण २४ गते देखि चैत्र २  गते सम्म  हुने आयोजकले समाजखबरलाई जानकारी दिए ।

खेल लगायत समाजका हरेक सकारात्मक पक्षलाई प्रभावकारी रुपमा सन्चालन गर्दै समाजमा युवापङ्तीलाई उत्पादन मुलक बनाउनको लागि उत्कृष्ट कार्य गर्दै आएको गण्डकी प्रदेसको उत्कृष्ट क्लब सुर्यतारा क्लब र खेल संगै युवा नेतृत्व बिकासको लागि भुमिका खेल्दै आएको खेलकुद महासंघ दुबै सस्था मिलेर  खेल महोत्सव गर्न 
लागेको कुरा क्लबका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सचिब बिष्णु पुनले जानकारी गराए । साबिक लेखनाथ हरेक कुरामा पछाडी परिरहेको अबस्थामा यो खेल महोत्सवले लेखनाथ क्षेत्रको चिनारी , व्यापार र पर्यटन बिकासको लागि टेवा पुर्याउने लक्ष्य राखीएको र खेल महोत्सवमा दर्जनौ खेल प्रतियोगिता हुनेछन । रास्ट्रीय तथा अन्तरास्ट्रिय खेलाडीहरुले प्रतियोगितामा भाग लिने हुनाले दर्सकहरुको उल्लेख्य उपस्थित रहने आकलन गरिएको छ। खेल महोत्सव सम्पन्न गर्नको लागि कम्तिमा पनि ६० देखि ७० लाख रुपैयाँ अनुमानित खर्च हुने अध्यक्ष बिष्णु पुनले जानकारी गराए । 

फुटबल प्रतियोगितामा नेपाल सहित अन्य देसहरुबाट समेत विभिन्न क्लबहरुले भाग लिनेछन । फुटबलको लागि प्रथम पुरस्कार  ४ लाख ४ हजार ४ सय ४४ , द्वितीय पुरस्कार २ लाख २ हजार २ सय २२ , तृतीय रु १५ हजार र हाइ स्कोररको लागि रु १० हजार राखीएको छ। त्यस्तै खुला सामुहिक लोक नृत्य तर्फ प्रथम हुनेलाइ ५५ हजार ५ सय ५५, द्वितीय  ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैया प्रदान गरिने छ। निकै नौलो र अर्को रमाइलो खेल खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता पनि समाबेश गरिएको छ । जसका लागि  प्रथम हुनेलाइ २१ हजार, द्वितीय हुनेलाइ १७ हजार , तृतीय हुनेलाइ १३ हजार , चौथो ९ हजार, पाचौलाई ७ हजार , छैटौलाई ५ हजार र सातौ लाई ३ हजार रुपैया नगद रहेको छ।महोत्सव अन्तर्गत खुला टेबल टेनिस प्रतियोगिता हुनेछ । जस्का लागि प्रथम पुरस्कार १५ हजार , दोस्रो १० हजार र तेस्रो ५ हजार घोषणा गरिएको छ। एथ्लेटिक्स तर्फ तेस्रो के पि ओलि कास्की जिल्ला बिधालय स्तरिय दौड प्रतियोगिता हुनेछ । जस्मा केटा , केटि समुह हरुले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन । ७ किलो मिटर दुरि रहेको दौडको लागि प्रथम  पुरस्कार रु ७ हजार , दोस्रोलाई ५ हजार र तेस्रो लाई ३ हजार प्रदान हुनेछ। यसै खेल अन्तर्गत पुरुष भेट्रान्स ४० बर्ष माथिका र महिला ३० बर्ष माथिका बिच पनि दौड प्रतियोगिता हुनेछ। जसमा प्रथम पुरस्कार १० हजार , दोस्रो ७ हजार र तेस्रो हुनेलाइ ५ हजार प्रदान गरिने छ। अन्य खेलमा खुला टेबल टेनिस प्रतियोगिता राखिएको छ। यो खेलमा प्रथम हुनेलाइ १५ हजार , दोस्रो लाई १० हजार र तेस्रो लाई ५ हजार उपलब्ध हुनेछ। रास्ट्रीय पुरुस खुला डोरितान प्रतियोगिता पनि समाबेश गरियको छ। जुन खेलमा प्रथम हुनेलाइ रु ५५ हजार ५ सय ५५, दोस्रो लाई ३३ हजार ३ सय ३३ र तेस्रो हुनेलाइ २२ हजार २ सय २२  नगद पुरस्कार राखीएको छ। गतसालको जस्तै गरि अर्को उत्कृष्ट प्रदर्शनीमा जातिय र संघ सस्था स्तरिय झाकिहरु हुनेछन । जस्का लागी प्रथम पुरस्कार ३३ हजार, दोस्रो २७ हजार , तेस्रो १९ हजार , चौथो १७ हजार , पाचौ १५ हजार, छैटौं १३ हजार र सातौ हुनेलाइ ११ हजार नगद पुरस्कार रहेको छ। हरेक खेलमा नगद पुरस्कार सहित मेडल प्रदान गरि खेलाडिहरुलाइ सम्मान गरिनेछ।

साथै फुटबल प्रतियोगिताको टिम दर्ता शुल्क रु २० हजार लाग्नेछ । जातिय र संघ सस्थाको झाकी प्रदर्सनको लागि दर्ता शुल्क रु १५०० र अन्य खेलहरुको लागि रु ५०० दर्ता शुल्क रहेको आयोजकले जानकारी गराएको छ।समापन कार्यक्रम लाई भब्य बनाउनको लागि चैत्र १ गते परेको फागु पुर्णिामाको राती लाइभ कन्सर्ट समेत गरेर  चैत्र २ गते महोत्सव समापन हुनेछ।

प्रतिकृया दिनुहोस