अष्ट्रेलिया जाँदा पुर्व तयारी गर्न र त्यहाँको कानुनवारे जानकारी राख्न नेपाली मूलका अष्ट्रेलियन कानुन व्यवसायी टोनु घोतानेको सुझाव
समाज खबर संवाददाता |
चितवन । बिगत केही बर्षबाट अष्ट्रेलिया धेरै नेपाली बिद्यार्थीहरुको आकर्षक गन्तब्य देश मानिन्छ । हुन पनि सुखद भबिष्यको कल्पना गर्दै अष्ट्रेलियको बिभिन्न शहर पुग्ने नेपाली बिद्यार्थीहरुको संख्या बढिरहेको छ । तर कपितय अबस्थामा सहि परामर्शदाता नभेटिँदा त्यहाँ पुगेपछि कानुनको बारेमा पर्याप्त जानकारी नहुँदा कतिपय बिद्यार्थी समस्यामा पर्ने गरेका छन् । यस्तै नेपालीहरुलाई सहज रुपमा कानुनी परामर्श दिंदै आएका अष्ट्रेलियाका नेपाली मूलका कानुन ब्यवसायी टोनु घोताने यतिवेला नेपालका बिभिन्न स्थानमा अन्तरक्रियामा ब्यस्त छन् । यसै क्रममा भरतपुर महानगरपालिका वडा नम्वर १८ स्थित भीमेश्वर टोल बिकास संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागि घोतानेले अष्ट्रेलिया पढ्न जाने बिद्यार्थीहरु, त्यहाँ पुगेका बिद्यार्थीहरुले जान्नुपर्ने कानुनी पाटोको बारेमा प्रष्ट पारेका थिए । ३ दशकदेखि अष्ट्रेलिया बस्दै आएका घोतानेले बिदेश पढ्न जाने बिद्यार्थीहरुले सहि परामर्शदाता नभेट्दा,अष्ट्रेलियाको पारिवारिक कानुनको बारेमा कम जानकारी हुँदा र जाँदा अपनाउनुपर्ने पूर्व तयारी नगर्दा समस्यामा पर्ने गरेको बताए । उनले यस्तो समस्यामा पर्नेहरुलाई आँफूले सक्दो सहयोग गर्ने गरेको पनि जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण नेपाल बार एशोसिएशन चितवन एकाईका कार्यसमिति सदस्य अधिबक्ता सरोज काफ्लेले गरेका थिए ।
प्रतिकृया दिनुहोस