आज : Sunday, December 22, 2024 | २०८१ पौष ७ आइतबार

रबिलाई थप ५ दिन हिरासतमा राख्न अदालतकोअनुमति 

समाज खबर संवाददाता |

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत असोज २ गते पक्राउ परेका लामिछाने बिरुद्ध चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भई बयान पनि भैसकेको छ ।  लामिछानेलाई  कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।  केहि दिन अघि रविलाई रातारात चितवनबाट पोखरा लगिएको भन्दै सरकारको आलोचना भएको थियो । माओवादी केन्द्रका अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यो घटना प्रतिशोधपूर्ण, अमानबिय भनि प्रतिक्रिया दिएका थिए । 

प्रतिकृया दिनुहोस