रविलाई काठमाण्डौं ल्याइयो, बिमानस्थल बाहिर समर्थकको नाराबाजी
समाज खबर संवाददाता |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । उनलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याइएको हो ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई काठमाडौं ल्याइएको हो ।
उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । रविका साझेदार जोशीलाई प्रहरीले यसअघि नै काठमाडौं ल्याएर बयानपछि कास्की प्रहरीकै हिरासतमा फर्काइसकेको छ ।प्रहरीको गाडीमा रविलाई निकालिँदा विमानस्थलको गेटबाहिर उनका समर्थकले नारावाजी गरेका थिए ।
प्रतिकृया दिनुहोस