आज : Monday, December 02, 2024 | २०८१ मङ्सिर १७ सोमबार

राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ति

समाज खबर संवाददाता |

 

काठमाडौं ।  नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन् । ‘महिला हिंसा विरुद्घ म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले  मांनसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडाँई गरेर हार मान्न नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘स्थानिय तहमा ४० प्रतिशत महिलाहरुको उपस्थिीति छ  भनेर हरेक पुरुष साथिले भाषण गर्नुहुन्छ , राजनीतिमा महिलाहरुलाई शारीरिक भन्दा पनि मांनसिक हिंसा धेरै हुन्छ । त्यो मांनसिक हिंसा हुँदाखेरी हामीले हार खानु हुन्न । हामीले निरन्तर लडाँइ गर्नुपर्छ । हामी प्रत्येक व्यक्तिको पछाडि लेखियो भने थुप्रै उपन्यास बन्छन् । सबैभन्दा मुख्य कुरा राजनीति हो । सबै कुराको कमाण्ड राजनीतिले गर्छ । ’

साथै उनले महिलाहरु कुनै  क्षेत्रमा पनि कमजोर नभएको बताएकी छन् । महिलाहरु समाजको  नियममै बसेर  हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताएकी हुन् ।

उनले  भनिन्, ‘कुनै  क्षेत्रमा पनि महिला कमजोर छैनन् । महिलाहरु समाजको  नियममै बसेर  हरेक कामहरु दृढतापूर्वक गर्न सक्छन् । तर  म जुन समय महिला सभापति भए त्यो  समयको  अनुभव मलाई थुप्रै छ । उमेरको  हिसावले  म सानो सबैभन्दा सानो थिएँ । मन्त्री,सासंद सबैले मलाई छोरी भन्नु हुन्थ्यो । तर पनि म महिला सभामुख भएर पनि हरेक दलका नेताहरुलाई भेट्न घरघरमा पुग्थे । अहिलेका सभामुख कोही घर घरमा  पुगेको सुन्नु भएको छ ?

साथै  उनले  राजनीतिक दलहरुलाई एक बनाउनको लागि आफूले हरेक प्रयासहरु गरेको  बताइन् ।  उनले  राजनीतिक दललाई एक नगरीकन र  एक ठाउँमा नल्याईकन बनाइएका कानूनहरु दिगो  नहुने बताइन् ।

 

 

प्रतिकृया दिनुहोस