चीन भ्रमणका बारेमा कांग्रेस एमालेबीच कुनै विवाद छैन :गृहमन्त्री
समाज खबर संवाददाता |
धनगढी ।गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्लामात्र रहेको बताएका छन् । उनले आजकामितिसम्ममन्त्री हेरफेर हुने कुरामाकुनै छलफल नभएको बताए ।
विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
उनले भने,‘दुईदलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिना पछि बर्तमानप्रधानमन्त्रीपरिवर्तनभई नेपालीकाँग्रेसका सभापति शेर बहादुर देउवाप्रधननमन्त्रीबन्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणको बिषयलाई लिएर दुई दलबिच खटपट भएको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको बिषयलाई लिएर वेकामको हल्ला चलाइएको बताए ।
‘एमाले र काँग्रेसबिचकुनै पनि बिषयमा कुनैपनि असमझदारी छैन, दुई दल मुख्यप्रतिस्पर्धी भएपनिमिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहजमिलेर जान्छौं,’ उनले भने ।
नयाँप्रधानमन्त्रीनियुक्तलगत्तै बिदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वाचीनकुन देश अगाडि जाने भन्ने बिषय सामान्य रहेको उल्लेख गरे ।
उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’ सुरक्षागोष्ठीमा सहभागीहुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँकार्ययोजनासहितशान्ति सुरक्षाकायमहुने बताए ।
प्रतिकृया दिनुहोस