उपनिर्वाचनमा नौ वटा संस्थालाई पर्यवेक्षणअनुमति(बिज्ञप्ति सहित)
समाज खबर संवाददाता |
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नौं वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ ।
आयोगले यसका लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म आवेदन मागेको थियो । आयोगले तोकिएको अवधिभित्र निवेदन दिने ९ वटा संस्थाहरूलाई स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९७ बमोजिम स्थानीय तह उपनिर्वाचन, २०८१ को पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।
प्रतिकृया दिनुहोस