प्रधानमन्त्री ओली बिरुद्ध अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईं पक्राउ
समाज खबर संवाददाता |
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार विहान पक्राउ परेका छन् । केही घन्टाअघि उनले आफू पक्राउ पर्न लागेको जानकारी सामाजिक संजालमा दिएका थिए ।
प्रहरीको सीआईबीको उनलाई पक्राउ गरेको हो । उनलाई प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमापक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईंले केही घन्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहनआग्रह’भन्दै फेसबुकमापोष्ट गरेका थिए ।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलतजानकारी फैलाएको उनीमाथिआरोप आरोप छ।
उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिकगर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्रीओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँभन्दा बढी) लगानी गरेको बताएकाथिए ।
प्रतिकृया दिनुहोस