आज : Saturday, June 21, 2025 | २०८२ असार ७ शनिबार

अराजक क्रियाकलाप मौलाउन दिइन्नः ओली

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपालीमनलाई विभाजित गर्ने र अराजकतातथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । 
मंगलबार सशस्त्रप्रहरी बल, सिसं–१६, सशस्त्रप्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले अराजकता र कानुनविपरीतका क्रियाकलाप सफलहुन त के मौलाउन पनि नदिइने स्पष्ट गरेका हुन् । 
राष्ट्रिय सशस्त्रप्रहरी बल प्रतिष्ठान, मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्रीओलीले प्राकृतिक विपद्लगायतअन्य परिस्थितिलाई सामनागर्दै मुलुकको शान्ति स्थापनाकार्यमा तैनाथ हुनलागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामनादिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिए । 
प्रधानमन्त्रीओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्रप्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझमाथि उठाउन शुभकामना दिए । 
समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवाआयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्रप्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए । तालिमबाट ४५ प्रशिक्षार्थी सफलभई कार्यक्षेत्रमा खटिन तयार भएका छन् ।

प्रतिकृया दिनुहोस