रास्वपाको वालुवाटार प्रदर्शनमा प्रहरी हस्तक्षेप, केहि नेता कार्यकर्ता पक्राउ
समाज खबर संवाददाता |

काठमाडौं । रास्वपा सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरिएको भन्दै रास्वपा कार्यकर्ताले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडेको भन्दै केहि कार्यकर्ता पक्राउ परेका छन् । आज सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको हो । आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए ।विरोध सुरु भएलगत्तै दर्जनभन्दा बढी कार्यकर्ताहरु पक्राउ परेका हुन् । शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको रास्वपाले जनाएको छ ।
प्रतिकृया दिनुहोस