विश्वकपलिग–टू : आज स्कटल्याण्ड र नेपालबीच प्रतिस्पर्धा
समाज खबर संवाददाता |

काठमाडौं । आइसिसी विश्वकपलिग टूमामंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामाहुने खेलआज साँझसवा ९ बजेदेखि सुरु हुनेछ ।
नेपालले आज खेल्न लागेको लिग–२ को दसौं खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजितभएको छ।
नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयतालिग–२ को खेलमा नेपालजितबिहीन छ।
लिग–२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ।अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदापनि आइतबार पराजितहुन पुगेको थियो ।
स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजानिकालेको छ । यसअघि अघिल्लो वर्ष लिग–२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो ।
अमेरिकामै लिग–२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी–२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग–२को खेलमाभने नेपाल ३ विकेटले पराजित हुनपुगेको हो ।
प्रतिकृया दिनुहोस