आजदेखि तिहार शुरु, आज धनतेरस पर्व हर्षोल्लासपूर्वक मनाइँदै
समाज खबर संवाददाता |
काठमाण्डों । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज देखि शुरु भएको छ । आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक मनाइँदै छ ।बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरू भएको हो। धनवन्तरी जयन्ती भने भोलि मनाइने छ ।
धनका देवता कुबेरको जन्मोत्सव भएकोले आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ ।
समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चीजबीजको किनमेलका लागि आजको दिनलाई विशिष्ट दिन मान्ने गरेका छन् ।
धनतेरसका दिन यमको पूजा गर्नाले अकाल मृत्युबाट रक्षा र कुबेरको पूजाले दरिद्रता नरहने मानिन्छ । आजका दिन नयाँ समान खरीद गर्दा पैसा १३ गुणा बढी हुन्छ भन्ने मान्यता रहिआएको छ धातुले नकारात्मक ऊर्जालाई मेटाउने भएकाले आजका दिन सुन र चाँदीको खरीद गरी धनको वर्षा हुने आशा राख्ने गरेको पाइन्छ ।यस्तै कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने पन्चाङ निर्माण समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस