बसोबास दिवस :बाढीपहिरोले उठिबास, छैन सुरक्षित आवास
समाज खबर संवाददाता |
काठमाडौं । आजविश्वभर आवास(बसोबास)दिवस मनाइंदै छ । सरकारले यस वर्ष नेपालमा ‘कर्मशीलयुवा ः समुन्नत सहर’ नाराका साथविश्व बसोवास दिवस २०८१ मनाइरहेको छ ।
तर काठमाडौं उपत्यकालगायत देशका १४ जिल्लाको अवस्थाले आवास दिवसलाई गिज्याइरहेको छ । बाढी र पहिरोले धेरै मानिसहरुको उठिबास भएको छ ।
२०७२ सालमा आएको भुकम्पका समयमा पहाडी भु–भागबाट बेसीतर्फ झरेका कैंयौं नागरिकहरुको अहिले उठिबास भएको छ । नदीकिनारमा बसोबास गर्नेहरुको घरबास गुमेको छ । काठमाडौंका सुकुम्वासीबस्तीहरुमा धेरैको छानो खोसिएको छ र घरहरु बाढीको चपेटामा परेको छ ।
देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबार काठमाडौं नजिकका शंखमुल, चोभार, बल्खु, थापाथली, कोटेश्वर नरेफाँटतथा ललितपुरका टीकाभैरव, नख्खु, टीकाथली, गोदावरी, लामाटार सिस्नेरी, काभ्रेको पनौती, सिन्धुलीको खुर्कोटलगायतका स्थानअहिले बाढी तथापहिरोको चपेटामा छ भने केही स्थान उजाड बनेका छन् ।
काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, ताप्लेजुङ, पाँचथरसहितका केही जिल्लाहरुमा अहिले बाढीतथा पहिरो प्रभावित स्थानीयहरु घर छाडेर हिडेकाछन् ।
सबैका लागिउपयुक्तआवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको यो दिवसमार्फत दिगो सहरी विकास प्रवर्दन गर्ने लक्ष्यसमेत राखिएको छ । तर यसैबर्ष सयौं नेपालीहरुले वासस्थानको अभाव झेलिरहेका छन् ।
सहरी विकास तथाभवननिर्माणविभागले सरकारी एवं गैरसरकारी क्षेत्रबाटमनाउन सुरु गरेको यो दिवस नेपालले मनाउन सुरु गरेको २३ वर्ष भइसकेको छ । तर यी २३ वर्षहरुमा नेपालमा सहरी क्षेत्रको आवासकोव्यवस्थापनझनै फितलो देखिन्छ ।
सहरी क्षेत्रमा घर तथाभवन निर्माणगर्दा होस् या त विकास निर्माणका सन्दर्भमा नै किननहोस् व्यवस्थित आवासीय अवस्थालाई ध्यानदिएको पाइंदैन ।
फितलो नीति र योजनाका कारण नेपालमा स–सानाविपद्को अवस्थामापनि धेरै जनधनको क्षतिहुने गरेको पाइन्छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारणमात्रै बाढीतथा पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्ण रुपमा क्षतिपुगेको तथ्यांक छ। यसैगरी ५ हजार ३१० घरमा आंशिक क्षतिपुगेको छ।
१६हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावितभएका छन् भने १० हजार ८०७जनाविस्थापित भएका छन् । बाढीपहिरोमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ताछन् भने १७९ जनाघाइते छन्। बाढीपहिरो प्रभावितक्षेत्रबाट १७हजार १७४ जनाको उद्धार गरिएको छ।
बाढीपहिरोबाट घर गुमाएकाहरूलाई अस्थायीआवास बनाउन सरकारले अनुदान रकमदिने घोषणा गरेपनित्यो कार्यान्वयनमा नआउँदा पीडितहरुको विल्लिबाठभएको छ । लाभग्राही पहिचानभएको तीनदिनभित्रमा पहिलो किस्ताको अनुदानदिइसक्ने निर्णय भएपनित्यो कार्यान्वयन हुन सकेको छैन ।
नेपालको संविधान (२०७२) को मौलिकहकका रुपमा प्रत्येक नागरिकलाई आवास अधिकार हुने प्रत्याभूति गरिएको छ। संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्तआवास हकको व्यवस्थागर्दै कुनैपनिनागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थनबाट हटाइने वाअतिक्रमणनगरिने उल्लेख छ। तर प्रक्रियामिचेर घर बनाउने श्रृखंला नरोकिंदा विशेषगरी खोलातथानदीकिनारमा नागरिकहरु बाढीको चपेटामा पर्दै आइरहेका छन् ।
सरकारले दिगो विकास लक्ष्यले एक दशमलवएकले समावेशीतथादिगो सहरीकरण गर्ने लक्ष्यलिएको छ । दिगो सहरीकरणकालागिदीर्घकालिन योजनाबनाइने गरेको भएपनियोजनाफितलो हुँदाप्रभावकारी देखिएका छैनन्।
प्रतिकृया दिनुहोस