आज : Saturday, September 21, 2024 | २०८१ असोज ५ शनिबार

मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ । 
व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिनपुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 
सुदूरपश्चिमको धनगढीमा गतभाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिमप्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षितगर्दै आयोजना गरेको रिटेल मीट कार्यक्रममा व्यवसायीहरुले मार्जिनको बिषय उठाउँदा कार्यक्रम नै भाडिएको थियो । सो कार्यक्रम व्यवसायीहरुले बहिष्कार नै गरेका थिए ।
नेपाल मोबाइल व्यवसायीमहासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषयप्रदेश संरचनाबाट उठ्नु स्वभाविकभएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखदभएको बताए।
‘व्यवसाय सम्बन्धि कुनै पनि बिषय कार्यक्रमका शिलशिलामा उठ्छन, मार्जिनको बिषय त केन्द्रको चासोको विषय नै थियो,त्यो स्वभाविकपनिहो, कार्यक्रममा उठेका विषयलाई सामसुङ नेपालले सम्बोधन गर्नु पर्नेमा वातावरण झनबिथोल्ने अवस्थाबन्यो, यो सुखदहोइन,’महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले भने । 
महासंघले सोही विषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जस अनुसार आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी(मोबाइल डिस्प्ले) पसलबाट  हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थपदुई दिन (२८ र २९ भाद्र) कम्पनीका ब्यवसायीक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको विषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दवाबमुलक कार्यक्रम पछि थप कार्यक्रम घोषणा गरिने बताए ।

प्रतिकृया दिनुहोस