एनपीएल खेल्ने आठ फ्रेन्चाइज टोली सार्वजनिक (सूची सहित)
समाज खबर संवाददाता |
काठमाडौं । नेपालक्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागि हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको प्रतियोगितामा सहभागीहुने टोलीको निश्चितगर्दै नामावली सार्वजनिक गरिएको छ । एनपिएलमा प्रतिस्पर्धा गर्ने टोलीहरुमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।
क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोलीको नाम र संख्या टुंगो लगाएको थियो ।
प्रतिकृया दिनुहोस