आज : Tuesday, September 17, 2024 | २०८१ असोज १ मंगलबार

एमबिबिएस् प्रबेश परीक्षाको नतिजा प्रकाशन

समाज खबर संवाददाता |

 

 

काठमाडौं-  चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले शुक्रबार नतिजा सार्वजनिक गरेको हो। चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको भदौ १४ गते बसेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको हो । परीक्षार्थीले आफ्नो प्रोफाइलबाट समेत नतिजा हेर्न सकिने आयोगले जनाएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।आयोगले एमबीबीएसको लागि परीक्षा दिएका सात हजार ८४७ परीक्षार्थीकै फाइनल स्कोर र -याङ्क प्रकाशित गरेको हो ।

 

प्रतिकृया दिनुहोस