आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

नेपाल उप - बिजेतामै सिमित

समाज खबर संवाददाता |

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाल ४–१ गोलले पराजित भएको हो ।

बंगलादेशको जितमा मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नोभाले एक गोल गरे। यता नेपालका लागि समीर तामाङले गरेको गोल सान्त्वना बन्यो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । मिलजुलले पहिलो हाफको अन्त्यमा फ्रि–किक मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाए । खेलको ५५औं मिलजुल इस्लामले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।

७१औं मिनेटमा मिलजुलको पासमा रब्बी हुसेनले गोल गर्दै बंगलादेशलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ८१औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३–१ को अबस्थामा ल्याए।

तर, इन्जुरी समयमा बंगलादेशका लागि नोभाले गोल गर्दै ४–१ को जित दिलाउँदै बंगलादेश च्याम्पियन बन्यो पराजयसँगै नेपालको घरेलु मैदानमा च्याम्पियन बन्ने सपना अधुरै रह्यो । यसअघि नेपाल पहिलो सेमिफाइनल भुटानलाई तथा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउमा हराउँदै फाइनल यात्रा तय गरेको हो।

प्रतिकृया दिनुहोस