आज : Saturday, June 28, 2025 | २०८२ असार १४ शनिबार

गिरिबन्धु प्रकरण र बेचन झा पक्राउपछि भागदौड मच्चिएकाहरुको अपरादर्शी गठबन्धन : माओवादी

समाज खबर संवाददाता |

काठमाण्डौं । नेकपा  माओवादी केन्द्रका सांसद माधव सापकोटाले   गिरिबन्धु टी- इस्टेट प्रकरण र भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि दलहरूबीच भागदौड मच्चिएको बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सापकोटाले गिरिबन्धु टी-इस्टेट र बेचन झा पक्राउ पछि दलहरूको चैन उडेर भागदौडपछि एकै ठाउँमा पुगेको बताएका हुन्। 

नयाँ सत्ता समीकरणले मुलुकमा स्थायित्व कायम गर्न नसक्ने दाबी गरे । “दुई दलबीचमा के कस्ता सम्झौता भए, त्यो सार्वजनिक भएको छैन”, उनले  भने, “प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्ता गराइसक्नुभएको छ । संवैधानिक प्रक्रियामा गएकालाई कसैले पनि रोक्नु हुँदैन ।”

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई छल गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका लागि आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ? आजको दिनसम्म औपचारिक हस्ताक्षर गरेर भएको सम्झौतालाई बाहिर ल्याउनु भएको छैन । त्यहीँ अपारदर्शीता छ ।’

प्रतिकृया दिनुहोस